भरुवा बन्दुक पड्किएर एक गम्भीर घाइते

<span class='c1'>भरुवा बन्दुक पड्किएर</span> <span class='c2'>एक गम्भीर घाइते</span>

बिराटनगर पुस २४

भरुवा बन्दुक पड्किएर मोरङको सुन्दरदुलारीका एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार गएराति स्थानीय सामुदायिक वनमा सिकार खेल्न गएका सुन्दरदुलारी–३ का ४० वर्षीय दिनेश श्रेष्ठ आफँैले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका हुन् । प्रहरी निरीक्षक थापाका अनुसार बायाँ कोखामा बन्दुकको छर्रा लागी गम्भीर घाइते भएपछि श्रेष्ठलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगिएको छ । प्रहरी निरीक्षक थापाका अनुसार वन्यजन्तुको अवैध सिकार गर्न जङ्गलबाट निस्कने वन्यजन्तु ढुकेर बस्नका लागि लक्षित गरेर बर्रोका रुखमा बनाइएको मञ्चमा चढ्ने क्रममा लोड गरिएको भरुवा बन्दुक पड्किएर श्रेष्ठ आफैँ घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्