बयरबनमा सिलिण्डर विष्फोट , एकतले पक्की घर पूर्णरुपमा ध्वस्त

<span class='c1'>बयरबनमा सिलिण्डर विष्फोट , एकतले</span> <span class='c2'>पक्की घर पूर्णरुपमा ध्वस्त</span>

उर्लाबारी,पुस २४ गते ।

मोरङको बयरबन ८ रमाइलो स्थित दिवाकर कोइरालाको घरमा भण्डारण गरी राखिएको सिलिण्डर ग्यास बिहीबार राति १० वजे विष्फोट भएको छ । विष्फोटपछि आगलागी समेत भएको थियो । आगलागीबाट एकतले पक्की घर पूर्णरुपमा ध्वस्त भएको छ।
विष्फोटमा परी ३५ वर्षीय नवीन पौडेल गम्भीर घाइते भएका छन् । घर धनी ५५ वर्षीया भद्रकला कोइराला पनि घाइते भएकी छन । उनीहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक डिकराज प्रसाईले बताउनु भयो ।उहाँका अनुसार घाइते पौडेलको अवस्था चिन्ता जनक रहेको छ भने कोइराला खतरा मुक्तछिन् ।विष्फाटबाट लगभग २५ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्