साहित्यकार झमक घिमिरेलाई दोस्रो लैनसिंह बाङ्देल पुरस्कार

<span class='c1'>साहित्यकार झमक घिमिरेलाई दोस्रो</span> <span class='c2'>लैनसिंह बाङ्देल पुरस्कार</span>

रबिन कटेल
धनकुटा २५ पुस । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह बाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । बाङ्देलको ९१ औँ जन्म जयन्तीको अवसरमा शनिवार धनकुटामा एक कार्यक्रमको अयोजना गरी भारतको कोलकत्ता स्थित लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश प्रधान र पुनरावेदन अदालत धनकुटाका मुख्य न्यायाधिश प्रकाशकुमार ढुंगानाले १० हजार १ रुपैया नगद राशिको उक्त पुरस्कार घिमिरेलाई प्रदान गरेका थिए ।

मदन पुरस्कार बिजेता सहित्यकार घिमिरेलाई पुरस्कृत गर्न भारतको कोलकत्ता देखि प्रतिष्ठानको टोली धनकुटा आईपुगेको हो । यसअघि उक्त पुरस्कार दार्जिलिंगका राजनारायण प्रधानलाई प्रदान गरिएको थियो । पुरस्कृत भएपछि साहित्यकार घिमिरेले लिखित मन्तब्य मार्फत साहित्यमा आफुले सबैभन्दा मन पराएका थोरै ब्याक्ती मध्येका बाङ्देलको स्मृतिमा स्थापित पुरस्कार पाउँदा खुसी लागेको उल्लेख गरिन् । नेपाल र भारतको संस्कृति, कला र साहित्यको सुसम्बन्ध कायम रहदै आएकाले यसलाई जीवन्त राख्न सबै जुट्नु पर्नेमा उनको जोड थियो । धनकुटा नगरपालिका–३ कचिडे स्थायी घर भएकी साहित्यकार घिमिरे सारिरीक  रुपमा असक्त भएरपनि खुट्टाको सहायताले साहित्य सृजना गर्दै आएकी छन । बोल्न समेत नसक्ने घिमिरेले कार्यक्रममा पनि खुट्टालेनै मन्तब्य लेखेर पढ्न लगाएकी थिईन् ।
कार्यक्रममा लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानका अध्यक्ष प्रधानले भारतको कलकत्ता र नेपाललाई साहित्यिक कर्मथलो बनाएका बाङ्देलको स्मृतिमा स्थापित उक्त पुरस्कार प्रत्येक वर्ष नेपाल र भारतमा साहित्य र कला क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउँनेहरुलाई प्रदान गर्दै लगिने बताए । नेपाल र भारतको साहित्यिक पुलको रुपमा संस्थाले साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाई छ । कार्यक्रममा प्रतिष्ठानका सल्लाहाकार धर्मराज बराल, सह–सचिव संजिव गुरुङ् लगायतले घिमिरेलाई सस्थाले पुरस्कृत गर्न पाउँदा खुसी लागेको धारणा ब्याक्त गरे ।

कार्यक्रममा पुनरावेदन अदालतका मुख्य न्यायाधिश प्रकाशकुमार ढुंगाना, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, धनकुटा बहुमुखी क्याम्पसका सह–प्राध्यापक गोपाल अधिकारी, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी लगायतले पुरस्कृत घिमिरेलाई बधाई ज्ञापन गरेका थिए । सो अवसरमा गायीका जुनु गौतम सहित प्रमुख जिल्ला अधिकारी एवं गायक बिजयनारायण मानन्धर लगायतले गित मार्फत कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्