खेटाङ्ग जिल्लाको बोपुङवासी सात महिनादेखि अन्धकारमा

<span class='c1'>खेटाङ्ग जिल्लाको बोपुङवासी</span> <span class='c2'>सात महिनादेखि अन्धकारमा</span>

बिराटनगर पुस २६

खेटाङ्ग जिल्लाको दक्षिणी गाविस बोपुङवासी सात महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । गत असारमा गएको पहिरोले क्षति पु¥याएको लघुजलविद्युत् योजना आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा बोपुङका २५० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । विसं २०७० मा स्थानीय बुवाँखोलाबाट उत्पादन गरिएको १९ किलोवाट क्षमताको दोस्रो छिन्नमस्ता लघुजलविद्युत् आयोजना आर्थिक अभावका कारण मर्मत गर्न नसकिएको स्थानीय जयबहादुर राईले बताउनुभयो । “पहिरोले क्षति पु¥याएको आयोजना मर्मत गर्न हालसम्म कसैको ध्यान पुगेको छैन” उहाँले भन्नुभयो । पहिरोले पाँच किलोमिटर क्षेत्रको तार र १२ वटा खम्बा पुरिएका छन् भने रु बीस लाख बढीको क्षति भएको छ । समुदायले रकम जम्मा गर्नसक्ने अवस्था नभएकाले मर्मत गर्न सकिएको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जिविस, गाविस र स्थानीय समुदायको श्रमदानमा रु ९५ लाख १८ हजारको लागतमा सो आयोजना सञ्चालनमा ल्याइएको थियो ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्