ईटहरीबाट दुर्लभ पंक्षी हुच्चील सहित दुई जना पक्राउ

<span class='c1'>ईटहरीबाट दुर्लभ पंक्षी हुच्चील</span> <span class='c2'>सहित दुई जना पक्राउ</span>

बिराटनगर पुस २६

ईटहरीमा दुर्लभ पंक्षी हुच्चील सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले अबैध रुपमा चोरी सिकारी भई ल्याईएका ६ थान हुच्चील सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी पूर्व बस स्टेनमा मोरङ्गको उर्लाबारीबाट धरान तर्फ लादै गरेको अबस्थामा को १५ प ५७३८ नंम्बरको मोटरसाइकल सहित धरान १६ बस्ने बिशाल तामाङ्ग र सोही स्थान बस्ने रोशन भुजेललाई पक्राउ गरेको छ । इप्रका इटहरीले आज पत्रकार सम्मेलनको आयोजना गरि हुच्चीलका बच्चा र अभियुक्त सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै इप्रका इटहरीका डिएसपी ओम अधिकारीले अबैध रुपमा दुर्लभ आरक्षित पंक्षी हुच्चील चोरी निकासी भइरहेको सुचनाको आधारमा पक्राउ गरिएको बताए । मोटरसाइकलमा जेब्रा झोलामा लुकाईछिपाई धरान लाने क्रममा दुईजनालाई पक्राउ गर्न सफल भएको अधिकारीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा हुच्चीलको बच्चा प्रतिगोटा ५ लाख सम्म बिक्री हुने डिएसपी अधिकारीले बताए । हुच्चीको तस्करी अरब मुलुकमा हुने गरेको समेत प्रहरीले जनाएको छ । हुच्चील बिशेष गरि अरब मुलुकका शेखहरुले सिकारी प्रयोजनमा प्रयोग गर्ने गरेका छन । दुर्लभ हुच्चील जस्ता अन्य पंक्षीहरु तस्करीबाट भारत हुदै अरब मुल जाने गरेको प्रहरीको अनुमान छ । उनिहरुलाई इलाका वन कार्यालय तरहरा बुझाइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्