गौरादहस्थित एक घरबाट लुकाई राखेको लागुऔषधसहित महिला पक्राउ

गौरादहस्थित एक घरबाट लुकाई राखेको लागुऔषधसहित महिला पक्राउ

झापा, पौष २७

झापा जिल्लाको गौरादहस्थित एक घरबाट आइतबार लुकाई राखेको अवस्थामा लागुऔषध बरामद भएको छ।

प्रहरीले गौरादह नगरपालिका १३ बैराती बस्ने सारा बान्तवाको घरबाट लागुऔषध नाइट्रोजेपाम ट्याब्लेट ३१९ पिस, नाइट्रोजन ट्याब्लेट १८३ पिस, कोरेक्स १३ बोतल साइकोडिन ४ बोतल र गाँजा ५० ग्राम फेला पारेको हो।

बान्तवाले घरमा लागुऔषध लुकाई बेच्ने गरेको भन्ने गोप्य सुचना पाएपछि इलाका प्रहरी कार्यालय गौरिगन्जबाट खटिएको टोलीले उनको घरमा छापा मारेको थियो।

प्रहरी टोलीले ३५ वर्षिया सारा बान्तवालाई नियन्त्रणमा राखि अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्