फेसबुकमा फेक आइडी बनाएर युवतीलाई ठगी गर्ने पक्राउ

<span class='c1'>फेसबुकमा फेक आइडी बनाएर</span> <span class='c2'>युवतीलाई ठगी गर्ने पक्राउ</span>

पाँचथर, पौष २७ 

सार्वजनिक सञ्जाल फेसबुकमा फेक आइडी बनाई पाँचथर जिल्लाकी एक युवतीसंग तिन लाख ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा खुदुनाबारी ७ का २९ वर्षिय भविन्द्र सुवेदी रहेका छन्। उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो।

सुवेदीले फेसबुकमा निश्चल शर्मा नाममा फेक आइडी बनाई ती युवतीसंग तिन लाख एक हजार सात सय रुपैया ठगी गरेका थिए।

सुवेदीले फेसबुक मार्फत ती युवतीसंग सम्पर्क बढाई आफ्नो काठमाण्डौ कालीमाटीमा ६ कोठे पक्कि घर रहेको र बिभिन्न बैकमा ३०/३५ लाख ब्यालेन्स रहेको बताउने गरेका थिए।

आफूलाई अविवाहित बताउने सुवेदीले युवतीलाई बिभिन्न प्रलोभन देखाई पैसा माग्ने गरेको र सम्पर्कमा नआएको भनि पिडितले निवेदन दिएपछि प्रहरीले उनको खोजी शुरु गरेका थिए।

सुवेदीले ती युवतीलाई नै भेट्न काठमाण्डौबाट आउँदा आफू चितवमा दुर्घटनामा परेकोले नारायणगढ अस्पतालमा भेट भर्ना भएको र उपचारकालागि चेक साट्न काठमाण्डौ जानु पर्छ तिमीसंग पैसा छ भने पठाईदेऊ भनेर पैसा मागेका थिए।

पैसा पाएपछि सुवेदीले युवतीलाई सम्पर्क गर्ने फोन नम्बर र फेसबुक आइडी डिएक्टिभ गरेपछि पिडितले प्रहरीमा उजुरी दिएकी थिईन्।

सुवेदीको साथबाट नगद ८४ हजार र सामसुङ कम्पनीको मोवायल तथा ९८०२९२४८४४ नम्बरको सिम समेत बरामद भएको छ।

उनलाई ठगी अन्तरगत मुद्दा दर्ता गरी कार्वाही प्रकृया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्