दाहसंस्कार गरिएका युवा घर आएपछि ….

<span class='c1'>दाहसंस्कार गरिएका युवा</span> <span class='c2'>घर आएपछि ….</span>

बिराटनगर पुस २८

गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु भएको पुष्टि गरेर दाहसंस्कार गर्न लगाएको थियो ।परिवारले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भूपालको मृत्यु पुष्टि गरेपछि अन्त्येष्टि भएको आठ महिनापछि सोमबार शनिश्चरे–५ का भूपाल अधिकारी जीवितै पथरी, शनिश्चरे आइपुगेका थिए । सुस्तःमनस्थितिका भूपाल यसअघि भारत पुगेको बुझिएको छ ।
पथरीका प्रहरी निरीक्षक बस्नेतका अनुसार ट्र्याक्टरमा मजदुरीको काम गर्दै आएका भूपाल जेठ १५ देखि २० गतेको बीचमा गायव भएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले सो कङ्काल गाडेका थिए । उनको ट्र्याक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनले काम गर्ने ट्र्याक्टरका चालकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उनी जीवित फेला परेपछि सो कङ्काल कसको थियो भन्ने विषय थप अनुसन्धान गर्नुपर्ने भएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।
मृत्यु भइसकेको छोरा जीवित फर्केपछि घरपरिवारमा खुसी छाएको छ । तर किरिया गरिसकेका व्यक्तिलाई घरमा राख्न नहुने भन्दै गाउँलेले विरोध गरेपछि छोरालाई घरमा राख्न अप्ठ्यारो परेको परिवारले जनाएका छन् ।
भूपाल भेटिएको थाहा पाउनेबित्तिकै गाउँका मानिसले घरमा राख्न नहुने भन्दै दबाब दिन थालेको भूपालकी आमा मनमाया अधिकारीले बताइन् । मनमायाले भनिन्, ‘कसले के भन्छन् सुन्दैनौँ, मेरो छोरा म घरमै लगेर राख्छु ।’ भूपाललाई अहिले इलाका प्रहरी कार्यालय पथरी ल्याएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्