विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि निरन्तर मौन व्रत

<span class='c1'>विश्व शान्तिको कामना गर्दै २०५६</span> <span class='c2'>सालदेखि निरन्तर मौन व्रत</span>

बिराटनगर पुस २९

जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि निरन्तर मौन व्रत बस्दै आउनुभएको छ । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी, हत्या र हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको जानकारी उहाँले कापीमा लेखेर दिनुभयो । विश्वकल्याणको कामनासहित फलाहार बसेर दैनिक भागवत, गीता, महाभारत लगायत धार्मिक ग्रन्थको पारायण गर्दै मङ्गलाघाटमा भेटिनुभएका रामानन्दले विश्वमै शान्ति कायम नहुन्जेल आफूले अन्न पनि सेवन नगर्ने र मौनव्रत पनि नछाड्ने दृढता व्यक्त गर्नुभयो । सोह्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायत स्थानबाट मानिसहरु उहाँलाई दैनिकजसो भेट्न आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्