सुनसरीको कुसाहामा आज बिहान कार दुर्घटना, एकको मृत्यु

<span class='c1'>सुनसरीको कुसाहामा आज बिहान</span> <span class='c2'>कार दुर्घटना, एकको मृत्यु</span>

सुनसरी, पौष ३०

पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको कुसाहामा आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तिन जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा. ६ च ८९५२ नम्बरको सेन्ट्रो कार आज बिहान साढे चार बजे कुसाहा ९ स्थित जमुवा खोलाको पुलमा ठोक्किएर दुर्घटनना भएको हो।

दुर्घटनामा काठमाण्डौ साँखु निवासी ४० वर्षिय प्रकाश पौडेलको घटनास्थलमै मृत्यु भएको छ।

त्यस्तै गम्भिर घाइतेहरुमा सोही ठाउँ बस्ने ४० वर्षिय तिलक श्रेष्ठ, सोही उमेरका देवराज घिमिरे र ४५ वर्षिय रवि सिलवाल रहेका छन्।

घाइतेहरुलाई उपचारकालागि जिल्ला अस्पताल सुनसरी पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिराटनगर स्थित गोल्डेन अस्पताल ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्