मोटरसाइकलमा घर लगिदिने भन्दै नाबालिकामाथी जबरजस्ती गर्ने पक्राउ

<span class='c1'>मोटरसाइकलमा घर लगिदिने भन्दै</span> <span class='c2'>नाबालिकामाथी जबरजस्ती गर्ने पक्राउ</span>

पाँचथर, पौष २९ गते।

मोटरसाइकलमा घर पुर्याणई दिन्छु भन्दै बाटोमा लागि नाबालिकामाथी जबरजस्ती करणी गर्ने पाँचथरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका ३ बस्ने बर्ष २२ को सुभाष मगर रहेका छन्।

उनलाई प्रहरीले पाँचथर सिदिन घर भई फिदिम नगरपालिका २ स्थित आफन्तको घर आएकी एक बालिकालाई सोमबार राती घरसम्म पुर्यानई दिन्छु भन्दै बिच बाटोमा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा आज पक्राउ गरेको हो।

मगरले ती बालिकालाई सोमबार राती करिब साढे ८ बजे फिदिम नगरपालिका १ स्थित शनिबारेबाट घरसम्म पुर्या ई दिन्छु भन्दै मोटरसाइकलमा चढाएको र बिच बाटोमा मोटरसाईकल रोकी जबरजस्ती करणी गरेको पिडित बालिकाले प्रहरीसमक्ष बताईन्।

पक्राउ परेका मगलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट जबरजस्ती करणी अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्