झापा, माघ ३
झापा जिल्लाको दमक नगरपालिकास्थित एक कुखुरा फारममा गएराती आगलागी भएको छ।
दमक नगरपालिका १५ पखेटेस्थित धनपाल राईको कुखुरा फारममा कुखुरालाई न्यानो पार्न ग्याँस बत्ती बाल्नेक्रममा अचानक आगलागी भएको हो।
आगलागीबाट राईको बाँसबाट निर्मित कुखुरा फारम, एक सय ठुला तथा साना कुखुरा जल्दा अन्दाजी नौ लाख सत्तरी हजार बराबरको क्षती भएको बताईएको छ।
आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।