अवैध डिजल बोकेको गाडी नियन्त्रणमा

<span class='c1'>अवैध डिजल बोकेको</span> <span class='c2'>गाडी नियन्त्रणमा</span>

सुनसरी, माघ ३ गते।

सुनसरीको श्रीपुरबाट प्रहरीले अवैध डिजलसहित एक पिकअप भ्यान र तिन जनालाई नियन्त्रणमा लिएको छ।

पूर्वबाट पश्चिमतर्फ लैजादै गरेको एक हजार आठ सय लिटर डिजलसहित को. १ ख ३३८८ नम्बरको टाटा पिकअप र सो पिकअपमा सवार तिन जनालाई प्रहरीले श्रीपुर गाविस ९ स्थित कोशी कटान क्षेत्रबाट आज बिहान ११ बजे नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पिकअपका चालक मोरङ उर्लाबारी नगरपालिका ५ का ३० वर्षिय मनोज कुमार नेपाली, पिकअपमा सवार रहेका उर्लाबारी १ बस्ने ४२ वर्षिय शिव शरण कुँइकेल र ३५ वर्षिय एकेन्द्र भण्डारी रहेका छन्।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले टोलीले सो पिकअपलाई कटान क्षेत्रमा रोकी चेकजाँच गर्दा लुकाई लैजादै गरेको अवस्थामा डिजल बरामद भएको थियो।

बरामद डिजल र पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्