सप्तरीको कंचनपुरमा अहेवको घरमा बम बिष्फोट

<span class='c1'>सप्तरीको कंचनपुरमा अहेवको</span> <span class='c2'>घरमा बम बिष्फोट</span>

सप्तरी, माघ ४ गते ।

सप्तरी जिल्लाको घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्र प्रसाद साहको कंचनपुरस्थित घरमा शनिबार राती बम बिष्फोट भएको छ।

कंचनपुर नगरपालिका १ स्थित साहको घरमा करिब ८ बजेतिर अज्ञात समुहले बाहिरबाट पाईप बम बिष्फोट गराई फरार भएका हुन्।

राती ८ बजेतिर साहको मोवाईलमा भारतीय नम्बरबाट फोन आएको र आफूलाई भगत सिंह नाम बताउने व्यक्तिले दस लाख चन्दा मागेको केही समय पछि बम बिष्फोट भएको उनले प्रहरीलाई बताए। साहले रकम नदिएमा सो समुहले उनका परिवारका सदस्यको ज्यान मार्ने धम्की समेत दिएको जानकारी गराए।

बम उनको घर अगाडी रहेको फुल क्यारीमा बिष्फोट भएकोले कुनै मानविय तथा भौतिक क्षती नभएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।

घटनास्थलबाट १३ से.मी. लामो र १६ से.मी. गोलाई भएको जिआई पाईप तथा फलामको नट बल्टु फेला परेको छ।

घटना बारे इलाका प्रहरी कार्यालय कंचनपुरबाट अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्