सुर्ती बेच्ने चालक र सवारीलाई कारवाही स्वरुप जरिवाना

<span class='c1'>सुर्ती बेच्ने चालक र</span> <span class='c2'>सवारीलाई कारवाही स्वरुप जरिवाना</span>

बिराटनगर माघ ७

अन्त शुल्कको स्टीकर नभएको सुर्ती बेचेको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरले सुर्ती बेच्ने चालक र सवारीलाई कारवाही स्वरुप जरिवाना गरेको छ । कर छलि गर्दै अन्त शुल्कको स्टीकर विनाको सूर्तीको पोका फिदिम बजारमा विक्री गर्दै गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले बरामद गरी आवश्यक कारवाहीको लागि बुझाएको झण्डै दुई साता वित्नै लाग्दा कार्यालयले जरिवाना गरेको हो । सूर्ती बोकेको मे १ ज १४५५ नम्बरको सवारीलाई २५ हजार र चालक प्रविन रायलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यायलका सूचना अधिकारी तथा लेखापाल दुतराज राइले बताउनुभयो । अन्त शुल्क ऐन २०५८ मा उल्लेखित् प्रावधान अनुसार जरिवाना गरिएको उहाँको भनाई छ ।
उहाँले अन्त शुल्कको स्टीकर नभएको प्रति पोका बराबर २५ पैसाका दरले १७ रुपैयाँ ५० पैसा पनि जरिवाना गरिएको बताउनुभयो । प्रशासनले सवारी र चालक सहित ७१ पोका मेची ब्राण्डका सूर्ती गत पौष २४ गते बरामद् गरेको थियो । तरकारी,सव्जी र फलफूल बोक्ने सवारीमा सूर्ती भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्