दुहबीमा चोरलाई कुटेर मारियो

दुहबीमा चोरलाई कुटेर मारियो

बिराटनगर माघ ८ ,

दुहबीभलुवा नगरपालिका-१ स्थित हरिनारायण शाहको घरमा चोरी गरेको भनिएका ३० बर्षिय आलम मोहमदलाई स्थानीयवासीले कुटपिट गरि ज्यान लिएका छन । घरमा चोरी गर्न गएका आलमलाई घरका सदस्यले समातेर कुटपिट शुरु गरेका थिए । गाईगोठमा लगि बाधेर उनलाई निर्घात कुटपिट गरेका थिए भने प्रहरीलाई बिहान मात्रै जानकारी गराईएको थियो । उनको बिराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनामा सामेल भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्