घरमा श्रीमती राखेर फेरी अर्काे विवाह गर्ने पक्राउ

घरमा श्रीमती राखेर फेरी अर्काे विवाह गर्ने पक्राउ

घरमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर चिलिङदिन–३ बस्ने २७ वर्षीय बुद्धिमान राई रहेका छन् । उनले घरमा जेठी श्रीमती हुँदाहुँदै लुङरुपा–६ बस्ने २२ वर्षीया पूजा फागोलाई दोस्रो विवाह गरेका थिए । फागोले दोस्रो विवाह गरेपछि जेठी श्रीमती दिलकुमारी नेम्बाङले बहुविवाहअन्तर्गत जाहेरी दिएकी थिइन । राईलाई पक्राउ गरी बहुविवाह ऐनअन्तर्गत जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । उनकी कान्छी श्रीमती पूजा फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरी निरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्