वनभोज गएका युवाहरुविच कुटपिटमा एकको मृत्यु

वनभोज गएका युवाहरुविच कुटपिटमा एकको मृत्यु

ईलाम, माघ १०

ईलाम जिल्लाको जितपुरमा वनभोज गएका युवाहरुविच कुटपिट हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारकाक्रममा शुक्रबार मृत्यु भएको छ।

कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

गतपुष २४ गते जितपुर गाविस १ स्थित अजम्बरे डाँडामा वनभोज खान गएका स्थानीय युवाहरुविच वाद विवाद भई कुटपिट हुँदा गम्भीर घाइते भएका जितपुर १ बस्ने ३७ वर्षिय समिर मगरको उपचारकाक्रममा शुक्रबार राती मृत्यु भएको हो। घाइते मगरलाई उपचारकालागि भारत सिलिगुढी लगिएको थियो।

कुटपिटमा संलग्न जितपुर १ बस्ने बर्ष ३७ को सन्तोष मगर, ३२ वर्षिय पवन कुमार कार्की, २९ वर्षिय लेखनाथ न्यौपाने, २८ वर्षिय सन्तोष तामाङ, ३० वर्षिय कृष्ण कुमार राईलाई प्रहरी चौकी जितपुरले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्