रंगेली घटनाको बिरोधमा आज लिम्बुवानको अरुण पुर्वका ९ जिल्ला बन्द आव्हान

<span class='c1'>रंगेली घटनाको बिरोधमा आज लिम्बुवानको अरुण</span> <span class='c2'>पुर्वका ९ जिल्ला बन्द आव्हान</span>

धनकुटा १० माघ । मोरङको रंगेलीमा भएको घटनाको बिरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आवहन गरेको बन्दका कारण आईतवार (आज) अरुण पुर्वका ९ जिल्लाको जनजीबन प्रभाबित भएको छ ।
गत बिहिवार रंगेलीमा प्रहरी दमनमा परी तीन जनाको ज्यान गएको भन्दै त्यसको बिरोधमा समितिले एक दिने चक्काजाम आवहन गरेको हो । बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्ग, ईलाम, पाँचथर, झापा, मोरङ्ग र सुनसरीको जनजीबन प्रभाबित भएको पुर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
बन्दका कारण ति जिल्लामा बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन भएका छैनन् । तराई हुँदै पुर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्ग पनि बिहानै देखि सुनसान रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालमा छन । यातायात ठप्प हुँदा सर्वसाधरण मारमा परेका छन ।

यता मोरंगमा भने बन्दको कुनै असर परेको छैन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्