मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा चालकको मृत्यु

<span class='c1'>मधेसामा आइतबार राती दुई ट्रक</span> <span class='c2'>एक आपसमा ठोक्किंदा चालकको मृत्यु</span>

सुनसरी, माघ ११

पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा च्यापिएर एक ट्रकका चालकको मृत्यु भएको छ भने सोही ट्रकका सहचालक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा ना. ५ ख ६१३८ नम्बरको ट्रकका चालक जिल्ला सिन्धुली लाधाविर ३ का २६ वर्षिय हरि कार्की रहेका छन्।

राती करिब १० बजे उनको ट्रक मधेसा ९ स्थित भोटेपुलमा अगाडी जादै गरेको ना. ३ ख ३५२७ नम्बरको ट्रकसंग ठोक्किएको थियो।

दुर्घटनामा दुई ट्रकविच च्यापिका कार्की र सहचालक सिन्धुली कत्ले ३ का २० वर्षिय प्रविण मगरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटि गएका प्रहरीले उद्दार गरी उपचारकालागि ईनरुवा अस्पताल लगिएकोमा कार्कीको उपचार हुँदा हुदै मृत्यु भएको हो।

सहचालकलाई थप उपचारकालागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्