मोर्चाद्धारा पेट्रोल बम प्रहार गरेर भारतीय गाडी जलाउने प्रयास

<span class='c1'>मोर्चाद्धारा पेट्रोल बम प्रहार गरेर</span> <span class='c2'>भारतीय गाडी जलाउने प्रयास</span>

विराटनगर ११ माघ ।
पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् । बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । साथै तोडफोडबाट गाडीको सिसा फुटेको छ । गाडीका चालक भारतीय नागरिक कलबिन्द सिंहलाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका छन् । यस्तै सोही ठाउँमा पिबी २९ आर ९२७२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्