सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा

<span class='c1'>सुनसरीमा पाँचवटा सवारी</span> <span class='c2'>साधन दुर्घटनामा</span>

विराटनगर ११ माघ । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही दिशाबाट आउँदै गरेको ना३ख ३५२७ नं को ट्रक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै भण्टाबारी चोकमा बा२ख ६४८४ नं को ट्रक हुस्सुका कारण सडक किनारमा पल्टेको छ । यसैगरी हरिपुर चोकमा समेत बा३ख ८१७ नं को ट्रक हुस्सुकै कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । हरिपुरकै पानी टङ्कीमा ना३ख १०५३ नं को अर्को ट्रकसमेत हुस्सुका कारण बाटो नदेख्दा सडक किनारमा पल्टेको सुनसरी प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्