सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर !!

<span class='c1'>सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै</span> <span class='c2'>पटक जिल्ला बाहिर !!</span>

बिराटनगर माघ १२

सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर गएका छन् । परीक्षा दिन र गोष्ठीका लागि भन्दै जिल्लाका कार्यालय प्रमुख जिल्ला बाहिर गएका हुन् । अघिल्लो हप्तादेखि जिल्लामा चिसो अत्याधिक बढेसँगै कार्यालय प्रमुख जिल्लामा नभेटिएको सेवाग्राही बताउँछन् । अहिले स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, सरकारी वकिल, कोष तथा लेखा नियन्त्रक, महिला तथा बालबालिका अधिकृत, जिल्ला प्राविधिक प्रमुख, मालपोत कार्यालय प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लगायत कार्यालय प्रमुख जिल्ला बाहिर रहेका हुन् । उनीहरुमध्ये केहीले गोष्ठीमा गएको बताएका छन् भने केही परीक्षा बिदामा रहेको बताएका छन् । कार्यालय प्रमुखसँगै दोस्रो तथा तेस्रो वरियताका कर्मचारी पनि जिल्लामा भेटिँदैन । सहायक प्रजिअ पुस पहिलो हप्तादेखि बिदामा रहेको र प्रजिअ पनि विभिन्न निकायको औपचारिक कार्यक्रममा जाँदा नागरिकता, राहादानी लगायतका काममा आएका सेवाग्राही मारमा पर्ने गरेका छन् । यस्तै अधिकांश गाविस सचिव पनि जिल्ला बाहिर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्