सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते

सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते

बिराटनगर माघ १२

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। धरानबाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख १७५१ नम्बरको बस रायपुर ८ स्थित खाडोखोलाको पुलमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार आठ जना घाइते भएका हुन्। घाइतेमध्ये काठमाण्डौ भिमढुङा १० बस्ने २२ वर्षिया बिना खड्काको अवस्था गम्भिर रहेको छ। उनलाई उपचारकालागि युनिक अस्पताल र्पुयाइएको छ। अन्य सामान्य घाइतेहरुको समेत सोही अस्पतालमा उपचार गराइएको छ। बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्