बुधनगरबाट लागुऔषध गाँजा बरामद

<span class='c1'>बुधनगरबाट लागुऔषध</span> <span class='c2'>गाँजा बरामद</span>

मोरङ, माघ १४

मोरङ जिल्लाको बुधनगर गाविसबाट प्रहरीले भारततर्फ लैजादै गरेको लागुऔषध गाँजा बरामद गरेको छ।इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको गस्ती टोलीले बुधबार राती लुकाई छिपाई मोटरसाइकलमा लैजादै गरेको १६ किलो गाँजा बरामद गरेको हो।

गस्ती टोलीले राती साढे नौ बजेतिर नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनालाई बुधनगर गाविस ३ स्थित लाभाघाट भन्ने स्थानमा रोकेर चेकजाँच गर्न खोज्दा उनीहरुले प्लाष्टिकको झोलामा फ्याँकेर फरार भएका थिए।

उक्त झोलाभित्र उक्त परिमाणको गाँजा बरामद भएको हो।

बरामद गाँजा प्रहरी कार्यालयमा राखिएको छ भने फरार समुहको खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्