अान्दाेलनले काठ तस्करीलाइ फाइदा

<span class='c1'>अान्दाेलनले काठ</span> <span class='c2'>तस्करीलाइ फाइदा</span>

संयुक्त मधेसी मोर्चाद्वारा घोषित आमहडतालको मौका छोपी केही समययता सिरहामा काठ तस्करी मौलाउँदै गएको छ । आमहडतालका कारण जिल्ला वन कार्यालय बन्द हुनु, इलाका वन र रेन्ज पोस्टका कर्मचारी कार्यालयमा नबस्नु र प्रहरी राजमार्ग केन्द्रित हुनुजस्ता कारणले सिरहामा काठ तस्करी मौलाउँदै गएको हो । उदयपुर र सिरहा जिल्लास्थित चुरे जङ्गलबाट कटान गरिएको साखुको काठ सिरहाको विभिन्न स्थानमा तस्करी हुँदै आएको छ । सहायक वन अधिकृत अमरेन्द्र यादवले बन्द र हडतालको मौका छोपेर चुरे जङ्गलबाट काठ तस्करी बढेको स्वीकार्दै आमहडतालका कारण जङ्गल क्षेत्रमा गस्ती गर्न नसक्दा काठ तस्कर सक्रिय भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्