काँकडभिट्टामा चरेससहित महिला पक्राउ

<span class='c1'>काँकडभिट्टामा चरेससहित</span> <span class='c2'>महिला पक्राउ</span>

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरीले जाँचका क्रममा चार केजी चरेससहित एक महिलालाई पक्राउ गरेको छ । मोरङको रङ्गेली–८ निवासी २५ वर्षीया कोपिला तामाङ (अस्मिता)का साथबाट उक्त परिमाणको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा अगाडि सीमा नाकामा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बुधबार भारतबाट नेपालतर्फ आउँदै गरेकी तामाङका साथबाट लागुऔषध चरेस फेला परेको र उनीमाथि थप अनुसन्धान गरिरहेको बताएको छ । त्यसैगरी झापाको शनिअर्जुन नगरपालिका–४ बस्ने २२ वर्षीय सुजन आङ्दाम्बेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनका साथबाट अन्दाजी दुई ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका आङ्दाम्बेलाई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्