कोइला बोकेको ट्रकबाट लागुऔषध !!

कोइला बोकेको ट्रकबाट लागुऔषध !!

विराटनगर १५ माघ । सिरहाको गोलबजारमा हिजो प्रहरीले चेकजाँचकाक्रममा कोइला बोकेको ट्रकबाट लागुऔषध बरामद गरेको छ। कोइला बोकेर पश्चिमतर्फ जादै गरेको ना.५.ख.६००८ नम्बरको ट्रकमा सवार व्यक्तिहरुको साथबाट लागुऔषध बरामद भएपछि ट्रकका चालकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा नगरपालिका ७ बस्ने बर्ष २३ को ट्रक चालक भेष बहादुर खड्का, सोही ठाउँ बस्ने बर्ष २३ को बिजय थिङ, जिल्ला बारा निजगढ ९ बस्ने बर्ष २० को सह(चालक बिकास लामा र बर्ष २३ को मिलन तामाङ रहेका छन्। विशेष सुचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्वबाट कोइला लिएर आउदै गरेको उक्त ट्रकलाई आज बिहान ६ बजे गोलबजार नगरपालिका ४ स्थित राजमार्गमा रोकेर चेकजाँच गरेको थियो। चेकजाँचकाक्रममा ट्रकभित्र लुकाईएको अवस्थामा अवस्थामा १ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर, आठ वटा स्पास्मोप्रोक्सिवन क्याप्सुल र १५० एम्पुल लुपिजेसिक, फेनारगन र डाइजेपाम नामक ईन्जेक्सन बरामद भएको इलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्