गस्तीमा प्रयोग गर्ने गाडी दुर्घटना हुँदा तीनजना प्रहरी घाइते

गस्तीमा प्रयोग गर्ने गाडी दुर्घटना हुँदा तीनजना प्रहरी घाइते

लहान १५ माघ । इलाका प्रहरी कार्यालय लहानले गस्तीमा प्रयोग गर्ने गाडी दुर्घटना हुँदा तीनजना प्रहरी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा सवारी स्कटिङमा रहेको ना ३ झ ६४३ नम्बरको पिकअप सिरहा जिल्लाको लहान नगरपालिका ११ स्थित भोटिया टोलमा बिहीबार राति दुर्घटना भएको हो । पछाडी रहेको सवारीलाई साईड दिने क्रममा अनियन्त्रित भई सडक किनारमा रहेको कल्भर्टमा सो गाडी ठोक्किएको हो । दुर्घटनामा प्रहरी सहायक निरिक्षक गणेश प्रधान, प्रहरी जवान चन्द्र चौहान र चालक राम बहादुर खड्का घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारकालागि स्थानीय अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्