झापामा अज्ञात सवारीको ठक्करबाट पुरुषको मृत्यु

<span class='c1'>झापामा अज्ञात सवारीको</span> <span class='c2'>ठक्करबाट पुरुषको मृत्यु</span>

झापा, माघ १७ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत झापा जिल्लाको शिव-सतासी नगरपालिका ५ मा आज बिहान अज्ञात सवारीले ठक्कर दिएर एक पुरुषको मृत्यु भएको छ।
नम्बर र पहिचान खुल्न नसकेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षिय पुरुष मानिसको मृत्यु भएको हो। मृतकको नामथर वतन खुल्न नसकेकोले सनाखत कार्य भइरहेको ईलाका प्रहरी कार्यालय झिलझीले जनाएको छ।
बिहान करिब ४ बजे तिर उक्त स्थानमा उनलाई पैदल हिड्दै गरेको अवस्थामा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई फरार भएको थियो। ठक्करबाट गम्भीर घाइते भएका ती ब्यक्तिको मेची अंचल अस्पताल भद्रपुरमा बिहान ६ बजे मृत्यु भएको हो।
फरार चालक तथा सवारी साधनको पहिचान एवं खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्