धिमाल विध्यार्थी छात्रवृत्ति अक्षयकोष विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

<span class='c1'>धिमाल विध्यार्थी छात्रवृत्ति अक्षयकोष</span> <span class='c2'>विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न</span>

विजय धिमाल
उर्लावारी १६ माघ
मोरङको उर्लावारी नगरपालिका धिमाल परियोजनाको सभाहलमा धिमाल विध्यार्थी छत्रबृत्ति अक्षयकोषको आयोजनामा कोष संकलन र परिचालन विषयक एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
गत वर्ष देखि गरिव जेहेन्दार धिमाल विध्यार्थी सहयोगार्थ अक्षयकोषको स्थापना भएको हो । हाल सम्म यस कोषमा १ लाख ४९ हजार ४ सय ९९ रुपैया रकम संकलन भैसकेको अभियानका संयोजक केदार धिमालले उपस्थित सहभागिमाझ कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए । त्यस्तै हाल सम्म धिमाल जाति किन र कसरी शिक्षा क्षेत्रबाट बञ्जित भइरहेकाछौँ अबका दिनहरुमा कसरी अघि बढ्ने र बढ्न के गर्नु पर्छ ? भन्ने विषयमा कार्यपत्र मार्फत उपस्थित प्रतिनिधिहरुलाई प्रष्टाएका थिए ।
विभिन्न ठाउँ बाट सहभागि समेतले आ आफ्नो भनाई राखेका थिए । सहभागिहरु बाट यो अत्यन्तै राम्रो कार्य हो यसलाई चाँडो भन्दा चाँडो अघि बढाउनु पर्ने र सम्पुर्ण लागिपरे यस अभियान अभस्य पुर्ण हुने भनाई रहेको थियो । यो सुरुवात मात्र हो यसलाई दिर्घकालीन रुपमा अघि बढाउन सबै एक जुट हुनुपर्ने र केन्द्रको तर्फबाट के कति वार्षिक रुपमा अक्षयकोषलाई सहयोग गर्न सकिन्छ यसकालागी पहल गर्ने धिमाल जाति विकास केन्द्र नेपालका केन्द्रिय अध्यक्ष नगेन्द्र बहादुर धिमाल (मटेरि) ले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रका प्रमुख अतिथि धिमाल जाति विकास केन्द्र नेपालका केन्द्रिय अध्यक्ष नगेन्द्र बहादुर धिमाल (मटेरि) अतिथिहरुमा केन्द्रिय सदस्य बाङगाई धिमाल, शान्ति धिमाल केन्द्रिय कोषअध्यक्ष टेकमाया धिमाल, मोरङ जिल्ला अध्यक्ष पदम पात्रे धिमाल, अक्षयकोष सहयोगि जितेन्द्र धिमाल रहेका थिए भने धिमाल विध्यार्थी छात्रबृत्ति अक्षयकोषका संयोजक केदार धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्