६० बोतल कोरेक्स सहित एक युवक पक्राउ

६० बोतल कोरेक्स सहित एक युवक पक्राउ

सुनसरी,माघ १८ गते ।

सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा आईतबार लागु औषध कोरेक्स सहित एक युवक पक्राउ परेका छन् ।

WB ७४ X ४५२३ नम्बरको मोटरसाईकलमा सवार सुनसरी लौकही २ बस्ने १९ बर्षिय सिधार्थ साहको साथ बाट अवैध लागुऔषध बरामद भएको थियो ।

उनलाइ ईनरुवा नगरपालिका ६ स्थित सुनसरी खोला नजिकै पुर्व पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा ६० बोतल कोरेक्स सहित पक्राउ गरीएको छ ।

साहलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा राखीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्