लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल इटहरीबाट पक्राउ

लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल इटहरीबाट पक्राउ

बिराटनगर माघ १८

झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने बहानामा युवालाई जागिर दिने सम्झौता गरी रु २० हजारदेखि रु एक लाखसम्म सातजनाबाट ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, झापा र इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेको थियो । उजुरी परेलगत्तै प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । उहाँले झापाको दमक प्रहरीमा ठगी गरेको उजुरी परेको आधारमा ढुङ्गेललाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका ढुङ्गेललाई आइतबार साँझ दमक प्रहरीकै जिम्मा लगाइएको बताइएको छ । झापासहित मेची अञ्चलका २० जनाभन्दा बढीबाट लाखौँ रुपैयाँ ठगी गरेका उनले इटहरीमा पनि ठगी गरेको उनीमाथि आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्