बिर्तामोडस्थित एक होटलबाट एक व्यक्ति मृत फेला

<span class='c1'>बिर्तामोडस्थित एक होटलबाट एक</span> <span class='c2'>व्यक्ति मृत फेला</span>

बिराटनगर माघ १८

झापाको बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित एक होटलमा हिजो एक व्यक्ति मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक खड्गवहादुर खत्रीले दिएको जानकारी अनुसार सुरुङ्गा– ५ निवासी ५० वर्षीय मनुरथ पाठक वीएनवाई होटलको २०७ नम्वर कोठामा मृत फेला परेका हुन् ।हिजो साँझ एक युवतीसहित होटलमा वास बस्न पुगेका उनी विहान मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्यु के कारणले भयो सो भने खुल्ल नसकेको र उनीसंग होटलमा वास बस्न गएकी युवतीसमेत फरार भएकाले मृत्युको कारणवारे अनुसन्धान भइरहेको डीएसपी खत्रीले बताउनुभयो ।उनी वसेको कोठामा रोयलस्ट्याक(मादक पदार्थ)को बोलत मात्र फेला परेको प्रहरीले जनाएको छ । पाठकसंग उक्त होटलमा बसेकी युवती फरार रहेकाले घटना शंकास्पद छ – डीएसपी खत्रीले भन्नुभयो ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्