जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन

<span class='c1'>जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै</span> <span class='c2'>मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन</span>

विराटनगर १८ माघ । जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । आइतबारको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै मोर्चा कार्यकर्ता आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका हुन् । त्यसक्रमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाको भानुचोकस्थित घर घेराउ गर्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आज पनि लाठीचार्ज गर्नुका साथै एक सेल अश्रुग्यास प्रहार गरेको छ । मोर्चाका कार्यकर्ताले आइतबारको घटनाको विरोध गर्दै आज महोत्तरी र धनुषामा यातायात, बजार र शैक्षिकसंस्था बन्द गराएका छन् । पाँच महिनापछि गत बुधबारदेखि मात्रै सञ्न्चालनमा आएको सार्वजनिक यातायात सेवा फेरि बन्द हुँदा महोत्तरी र धनुषाका जनता मारमा परेका छन् ।

यसैविच सप्तरीको राजविराजमा पनि प्रहरी र मोर्चाका कार्यकर्ताबीच सोमबार झडप भएको छ । राजविराजमा भइरहेको नेपाली कांग्रेस अधिवेशन बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा मधेसी मोर्चाका केही कार्यकर्ता घाइते भएका छन् । अहिले अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्