पाँचथर, १८ माघ । जिल्लाको सराङडाँडाका अलैँची कृषक बाँदर र भ्याउसोको आतङ्कले हैैरान बनेका छन् ।
बाँदरले अलैँची च्यात्ने र भ्याउसोले फल खाइदिँदा उक्त गाविसका अधिकांश कृषक मारमा परेका छन् । सराङडाँडा– ५ का कृषक धनबहादुर बस्नेतले बाँदर र भ्याउसोले अलैँची सखाप पारेकोले यसवर्ष उत्पादनमा कमी कमी आउने तथा नयाँ बिरुवा लगाउन समस्या भएको बताउनुभयो ।
अहिले उक्त गाविसका अधिकांश कृषक गोठालो बसेरै अलैँची जोगाउन थालेका छन् । ‘कालो सुन’को नामले परिचित अलैँचीबाट उक्त गाविसका कृषकले वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गर्ने गर्छन्