सुनसरी र उदयपुरमा भएको सबारी दुर्घट्नामा ६ घाईते

<span class='c1'>सुनसरी र उदयपुरमा भएको</span> <span class='c2'>सबारी दुर्घट्नामा ६ घाईते</span>

सुनसरी ,माघ २०

सुनसरी र उदयपुर जिल्लामा मंगलबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा ६ जना घाइते भएका छन्।

भारदह १ स्थित राजमार्गमा पश्चिम तर्फ जादै गरेको बा.१२ च ९०७ नम्बरको बोलेरो गाडी कोशी पुलको वालमा ठोकिदा दोलखा भिमेश्वर नगरपालिका १ बस्ने चालक बर्ष २५ को रमेश खडका गम्भिर घाइते भएका छन् ।

खड्कालाई उपचारकालागी बिराटनगर गोल्डेन अस्पताल पठाएको छ भने सोहि गाडिका अन्य चारजना घाईतेलाई ईनरुवा अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै उदयपुर जिल्ला स्थित कटारी नगरपालिका ९ मा रोकी राखेको ना.३ ख ३८७ नम्बरको ट्रकमा जयराम घाट तर्फ जादै गरेको बा.१३ च ४१६२ नम्बरको बलेरो ठोक्किदा बलेरो गाडीको सहचालक उदयपुर ओख्रे ४ बस्ने १६ बर्षिय खगेन्द्र मगर घाईते भएका हुन।

मगरको अवस्था गम्भिर भएकोले उनलाई थप उपचारको लागी बिराटनगर ल्याईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्