मापसे गरी घरायसी बिवाद हुँदा झगडा, दुई घाईते

<span class='c1'>मापसे गरी घरायसी बिवाद</span> <span class='c2'>हुँदा झगडा, दुई घाईते</span>

झापा, माघ २१ गते ।

झापा जिल्लाको छुट्टा छुट्टै स्थानमा बुधबार हतियार प्रहारबाट दुई जना घाईते भएका छन्।

भद्रपुर नगरपालिका १२ प्वांतुबारी स्थित गौरीता राईको घरमा पाहुना आएका जिल्ला ताप्लेजुङ खेजेनिम २ बस्ने ३५ बर्षिय टंक लिम्बुले घरमा रहेको धारिलो हतियार दाउ निकाली आफैलाई पेटमा हानि गम्भिरघाईते भएका थिए ।

लिम्बुको हातबाट स्थानियबासिले दाउ खोसि उनलाई उपचारको लागी बिर्तामोड स्थित बिर्तासिटि अस्पताल पठाईएको छ ।

त्यसैगरी मेचि नगरपालिका १ बस्ने ४८ बर्षिय गंगा प्रसाद खरेललेबन्चरो प्रहार गर्दा निजका भाई टिकाराम खरेल घाईते भएका हुन ।

बन्चरो प्रहारबाट गम्भिर घाईते खरेललाई उपचारको लागि बि.एण्ड सि.अस्पताल लगिएको छ ।

उनिहरु बिच मापसे गरी घरायसी बिवाद हुँदा झगडा भएको ईलाका प्रहारी कार्यालय धुलाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्