दर्वेशास्थित कोचेनी खोलाको पुल निर्माण कार्य सुरु

<span class='c1'>दर्वेशास्थित कोचेनी खोलाको पुल</span> <span class='c2'>निर्माण कार्य सुरु</span>

बिनु तिम्सिना

बिराटनगर माघ २१

मधेशी मोर्चाको बन्द र भारतिय नाकाबन्दीका कारण इन्धन अभावका कारण ठप्प बनेका मोरङको दक्षिणपुर्वी गाविस दर्वेशास्थित कोचेनी खोलाको पुल निर्माण कार्य सुरु भएको छ । बन्दका कारण ठप्प बनेको सो पुल निर्माण काय अहिले धमाधम भइरहेको छ । पुल निर्माण भएपछि सो पुलले दर्वेसा र ववियाविर्ता गाविस जोड्ने भएकाले त्यस क्षेत्रका वासिन्दाहरु हर्सीत भएका छन । कोचेनी खोलामा पक्कि पुल नै जोखिममा रखेर आवत जावत गर्नुपरेको थियो । बासको कच्चि  पुल हँुदा सवारी साधनमा आवत जावत गर्न समेत समस्याभएको थियो । कृषकहरुले त्यस क्षेत्रमा उत्पादन गरेका कृषि जन्य उपजहरुसमेत बजार सम्म ल्याउन समस्या भइरहेको थियो । तर पुल निर्माण कार्य सुरु भएसंगै आफुहरुका समस्या समाधान हुने भएपछि स्थानियहरु हर्सित भएका हुन् ।

जिल्ला विकास समिति मार्फत २ करोड ७७ लाख ३४ हजारको लागतमा सो पुल निर्माणको कार्य सुरु भएको हो । पुल निर्माणको ठेक्का  गिताञ्जली खुस्वु विसाल जे भी कन्ट्रक्सन विराटनगरले पाएको छ । २०७० फागुनमा ठेक्का सम्झौता भएर काम शुरुभएको भएपनि पुलको संचरानामा फेरबदल गर्नुपर्दा केहि ढिलाइ भइरहेको त्यसमा पनि मोर्चाको बन्द र नाका बन्दीले इन्धन अभाव हुदा थप समस्या भएको थियो । तर विस्तारै इन्धन आपुर्ति सह जबनेपछि पुल निर्माणको कार्य धमाधम भइरहेको जिल्ला विकास समिति मोरङका इन्जीनियर दिनविनोदखड्काले जानकारी दिनुभयो ।

विराटनगर रंगेली हुलाकी मार्ग र पुर्वपश्चिम लोकमार्गको विचमा पर्ने सडक संजाल अन्तरगतको यो पुलले मोरङको एक तिहाइ जनसंख्यालाई सुविधा पुर्याउने छ । पक्कि पुल निमार्णले सवैभन्दा बढि यहाँका किसानहरुलाई आफुले उत्पादन गरेका कृषिजन्य बस्तुको ढुवानी गर्न,  विद्यार्थीहरुलाइ र स्थानियहरुलाई सहज रुपले आवतजावत गर्न सजिलो हुने भएको छ । पुर्वी मोरङको भित्रि गाविसहरु थलाहा, दर्वेशा, ववियाविर्ता, रंजनीका लागी अत्यावश्यकियरुपमा रहेको यो पुल निमार्णले स्थानीयको दैनिक जीवनयापनमा सहयोग गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्