न्यानो कार्यक्रम तथा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न

<span class='c1'>न्यानो कार्यक्रम तथा निःशुल्क</span> <span class='c2'>स्वास्थ्य सिविर सम्पन्न</span>

विजय धिमाल
उर्लावारी २४ माघ
मोरङको उर्लाबारीबाट संन्चालीत हट नेपाली न्यूज डटकमको आयोजनामा भएको न्यानो कार्यक्रम तथा निःशुल्क स्वास्थ्य सिविर उर्लाबारी ७ सिरुझार स्थित सम्पन्न भएको छ ।
यूवा पत्रकारहरुको गत वर्ष २०७१ देखि संचालित यो वर्ष २०७२ को कार्यक्रम माघ २३ गते औपचारीक कार्यक्रम गरी सम्पन्न गरिएको हो । यो कार्यक्रम गत वर्ष २०७१ पौष २९ गते देखि सुरुवात भएको थियो भने यो वर्ष पनि पौषौ २९ गते देखिनै सुरु भइ माघ २३ गते उर्लाबारी ७ सिरुझार स्थित सम्पन्न भएको छ । यस न्यानो कार्यक्रम तथा निःशुल्क स्वास्थ्य सिविर विभिन्न स्थानिय व्यक्ति, समाजसेवि, बुद्धिजिवि, उध्योग व्यापारी, संघसंस्था लगायत राजनितिकर्मीहरु साथै बैदेशिक राजगारमा गएका दिलदार व्यक्तिहरुको साथ र सहयोग बाट संचालन भएको हो ।
यस वर्ष उर्लावारी, राजघाट र इटहरा गरी ६ स्थनामा कार्यक्रम गरिएको थियो । अहिले सम्म सरसर्ती हेर्दा यस्ता कार्यक्रम कहीँ कतै नभएको वा नगेरेको उर्लावारीका यूवा पत्रकारहरुले गरेर देखाएकोमा खुसि व्यक्त गर्दै उर्लावारी नगर कोष अध्यक्ष सावित्रा तामाङले संस्थालाई रु पाँच हजार प्रदान गरेकी थिइन् । पत्रकारहरु आर्थिक र समाचार संकलन मात्र नगरी समाजसेवा साथै मानव सेवामा पनि उतिकै महत्व राख्दो रहेछ आश्चई मान्दै वार्षीक रुपमा रु पाच हजार प्रदान गर्ने समाजसेवि जयधर्म आचार्यले प्रतिबद्धता जाहेर गरेका छन् । बास्तबमै उर्लावारीका यूवा पत्रकारहरुले गरेको यस कार्यक्रमलाई स्थानिय समाजसेवि, बुद्धिजिवि, उध्योग व्यापारी, संघसंस्था लगायत राजनितिकर्मीहरुले साथ सहयोग साथै इटा थप्नुपर्ने समाजसेवि रुद्र तामाङले आफ्नो भनाई राखेका थिए । यो वर्षको अन्तिम समापन कार्यक्रममा ५० थान कम्बल, २५ बालबालीकालाई न्यानो कपडा वितरण गरिएको थियो भने ६० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । यस वर्ष विभिन्न सहयोगि दाताहरु द्वारा रु ५० हजार संकलन भएको थियो भने रु ८० हजार खर्च भई संस्थालाई रु ३० हजार घाटा लागेको कार्यक्रम कोष अध्यक्ष विजय धिमालले जानकारी गराएको छ ।
कर्यक्रममा अतिथिहरु समाजसेवि जयधर्म आचार्य, समाजसेवि रुद्र तामाङ, सावित्रा तामाङ, समाजसेवि निरु चौहान, स्थानिय ९८ बर्षिय रविलाल चौहान, शेर बहादुर भण्डारी, स्वरस्वती निम्न माध्यमिक विध्यालयका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर राई, बुलेट गाइज क्लब इटहराका कोष अध्यक्ष कमल वाइवा त्यस्तै न्यानो कार्यक्रमका सदस्यहरु संजिव बुढाथोकी, सरोज बस्नेत, विवेक हिङमाङ, किशोर श्रेष्ठ, विजय धिमाल र तेजन खड्काको उपस्थिति रहेको थियो । स्वास्थ्य परिक्षणमा मंगलबारे प्रथमिक स्वास्थ्य चौकिका एमबिबिएस डाक्टर अक्षत मिश्र, सिअहेब प्रकाश दुलाल सहयोगीमा पुष्पा लोहनी र संगिता सेन्चुरीले गहेका थिए भने हट नेपाली न्यूज डटकमका अध्यक्ष तथा न्यानो कार्यक्रमका संयोजक पूर्ण सिङघक लिम्बुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्