झापा, माघ २५
झापा जिल्लाको बिर्तामोड नगरपालिकामा आईतबार साझ ७ बजे मापसे गरी एक जनाले आफ्नै छोराको हत्या गरेका छन्।
बिर्तामोड नगरपालिका २ रामचोक बस्ने २० बर्षिय देव दाशले मापसे गरी ६ महिनाको आफ्नै छोरा सुरज दाशको हत्या गरेका हुन ।
मापसे गरी दासले आफ्नै छोरालाई सिरक, डसनाले पुरै छोपि राखेको अवस्थामा बच्चाको आमाले देखि सिरक, डसना फ्याकेकि थिईन ।
बच्चालाई उपचारको लागि बि. एण्ड. सि अस्पाताल पुर्याएकोमा निशासिएर बच्चाको मृत्यु भएको खुल्न आएको छ।
उक्त बच्चाको बुवा देव दासलाई ईलाका प्रहारी कार्यालय अनारमनिले आफ्नो नियन्त्रणमा लिएको छ ।