बिराटनगर-२० बाट बेवारीसे अवस्थामा रहेको हतियार बरामद

<span class='c1'>बिराटनगर-२० बाट बेवारीसे अवस्थामा</span> <span class='c2'>रहेको हतियार बरामद</span>

मोरङ, माघ २७
मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा मंगलबार बेवारीसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ ।
बिराटनगर उप-महानगरपालिका २० स्थित दरैयामा बिष्णु अधिकारीको खेतको नजिक रहेको बासघारी भित्र बेवारीसे अवस्थामा रहेको हतियार स्थानिय बासिले देखि प्रहरीलाई खबर गरेका थिए ।
बासघारीभित्र बेवारीसे अवस्थामा रहेको अटोमेटिक पेस्तोल थान एक, गोलि थान एक सोहि पेस्तोलको म्याग्जिन थान एक अपहरान्ह ५ बजे प्रहरीले बरामद गरेको हो।
उक्त पेस्तोल खिया लागेको अबस्थामा बरामद भएकोले धेरै पहिले लुकाई छिपाई राखेको अनुमान गरीएको ईलाका प्रहरी कार्यालय रानिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्