राजधानी बाहिर दमकमा आकासे पुल बन्दै

<span class='c1'>राजधानी बाहिर दमकमा</span> <span class='c2'>आकासे पुल बन्दै</span>

बिष्णु सुब्बा -
दमक / पूर्वपश्चिम राजमार्गको दमक चोक खण्डमा दुईवटा आकाशे पुल निर्माण शुरु गरिएको छ । राजधानी काठमाण्डौ बाहिर पहिलो आकाशे पुल बन्न लागेको हो ।

दमकको भिडभाड हुने क्षेत्रमा निर्माण शुरु गरिएको सो आकासे पुलको गत पुस १७ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । दुई आकाशे पुलको कुल लागत दुई करोड ४ लाख रुपैया रहेको दमक नगरपालिकाले जनाएको छ । पुलको निर्माण दमकको प्रविण निर्माण सेवाले २०७२ चैत्र मसान्त भित्र बनाई सक्ने गरि ठेक्का लिएको छ । सो कम्पनीले ३२ लाख रुपैया पेश्की लिएर निर्माण शुरु गरेको हो ।
आकाशे पुलको लागि निर्वाचन पूर्वाधार क्षेत्र बिकास कोषबाट आर्थिक बर्ष २०७०/०७१ मा २६ लाख ५० हजार र गत आव २०७१÷०७२ मा ४१ लाख ५० हजार रुपैया सांसद महेन्द्र सुब्बाको सांसद बिकास कोषबाट ती दुई आर्थिक बर्षमा १० लाख प्राप्त भएको छ । बाँकी रकम नगरपालिकाले जुटाएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताएका छन्दमकको मुख्य चोकको दुई छेउमा रहने दुबै आकाशे पुलको उचाई १७ फुट, चौडाई अढाई मिटर र लम्बाई २५ मिटर रहने छ ।
१९ वटा वडा रहेको दमक नगरका ७ वडा राजमार्ग दक्षिण र शहरको मुख्यभाग, नगरपालिका कार्यालय, आधादर्जन इलाका स्तरका सरकारी कार्यालय र बजार सहित ११ वडा राजमार्ग उत्तर छन् । आकाशे पुल निर्माणपछि दमकको राजमार्ग चोकमा पैदलयात्रीका कारण हुने ट्राफिक समस्या हल हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्