छापनमा विजुली बत्ति जडान

<span class='c1'>छापनमा विजुली</span> <span class='c2'>बत्ति जडान</span>

विजय धिमाल
राजघाट २ फागुन
मोरङको राजघाट छापन स्थित स्थानिय क्लब सूर्यदय परिवारले करिब एक थान बराबर तिन हजार मुल्यपर्ने पन्द्र वटा विजुलीको पोलमा बत्ति जडान गरेको छ ।
आफ्नो गाउँ आफै बनाउ भन्ने उध्येश्यले गाँउघरमा हुने चोरी लगायत विविध अपराधिक कार्यहरुबाट बच्न बत्ति जडान गरिएको हो । लागुऔषध प्रयोगकर्ता अत्याधिक बढ्नेक्रम तिब्र भएको हुँदा उज्यालो भए यस्ता कार्य गर्ने कोहो चिन्नसके कारवाही गर्न सहज होस र गाउँ सुरक्षित रहने स्थानिय केम प्रसाद श्रेष्ठको भनाइ छ । बैदेशिक रोजगारकालागी बिभिन्न मुलुकमा रहेका स्थानिय यूवाहरुबाट जनही पाँच हजार र स्वदेशमा प्रत्येक घर एक हजार गरी रकम संकलन गरी बत्ति जडान गरीएको अमिर तामाङ बताउछन् । थप्दै हाल सो बत्ति पोल नजिक पर्ने घरको मिटर बाट बालिएको छ भने भावि दिनमा सहयोग सबैबाट हुन सके सोलार जडान गर्ने उनको भनाई रहेको छ । यस्ता सामाजिक कार्य प्रति रकम सहयोग गर्नुहुने विदेशि यूवाहरु प्रति आभार व्यक्त गर्दै सहयोग निरन्तर रहोस आफ्नो गाउँ आफै बनाउ भन्ने नारा पुर्ण रहोस सूर्यदय परिवारका अध्यक्ष विजय अधिकारीले आफ्नो भनाई राखेकाथिए भने बत्ति जडान विजय मगरको संयोजकमा भएको हो ।
बैदेशिक रोजगारमा रही सहयोग गनुहुने व्यक्तिहरु रोहीत श्रेष्ठ हाल कुवेत, संजय तामाङ हाल कतार, सन्ते खरेल हाल साउदी, बिदुर पालुङगा हाल मलेसिया, महेन्द्र मादेन हाल मलेसिया, विचरी पालुङगा हाल मलेसिया, पप्पु श्रेष्ठ हाल कातार, प्रकाश श्रेष्ठ हाल दुबै, समिर तामाङ हाल कतार, मनिस तामाङ हाल क्रिगिस्थान, मणि श्रेष्ठ हाल अमेरीका, बलबहादुर आङबुहाङ हाल यूके, टंक श्रेष्ठ हाल इजरायल, नविन श्रेष्ठ हाल दुबै, दिपक श्रेष्ठ हाल दुबै, विजय श्रेष्ठ हाल दुबै, प्रकश श्रेष्ठ हाल मलेसिया, पात्ले माइला श्रेष्ठ हाल साउदी र विजय सुन्दास हाल कतार रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्