लेटाङमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा पाँच घाईते

<span class='c1'>लेटाङमा दुई मोटरसाईकल एक</span> <span class='c2'>आपसमा ठोक्किदा पाँच घाईते</span>

मोरङ, फागुन ५ गते।

मोरङ जिल्लाको लेटाङ भोगटेनि नगरपालिकामा मंगलबार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा पाँच जना घाईते भएका छन्।

लेटाङ्ग बाट कानेपोखरी तर्फ जादै गरेको बा ३० प ७६०७ नम्बरको मोटरसाईकल र विपरित दिशा बाट आउदै गरेको को ७ प ९१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन गई दुर्घट्ना भएको थियो।

बा ३० प ७६०७ नम्बरको मोटरसाईकलका चालक लेटाङभोगटेनी नगरपालिका ८ बस्ने २६ वर्षिय बुदे लिम्बु र पछाडी सवार सोहि स्थान बस्ने २६ वर्षिय कुमार लिम्बु दुबै गम्भिर घाईते भएका छन्।

घाईते दुबैलाइ बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारकोलागी पठाइएकोमा दुबैको अबस्था गम्भिर रहेको छ ।

को. ७ प ९१३८ नम्बरको चालक लेटाङ भोगटेनी नगरपालिका ७ बस्ने ४३ बर्षिय गुप्तन पौडेल, पछाडी सवार सोहि स्थान बस्ने ३० बर्षिय फडिन्द्र ढुंगेल र ३० बर्षिय राजन पौडेल समेत सामान्य घाईते भएका छन्।

घाईतेहरुको शुभकामना अस्पताल लेटाङमा उपचार भई रहेको छ।

दुबै मोटरसाईकल ईलाका प्रहरी कार्यालय लेटाङ्गको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्