सडकका रुख काटिएको भन्दै छानबिन शुरु

<span class='c1'>सडकका रुख काटिएको</span> <span class='c2'>भन्दै छानबिन शुरु</span>

मोरङ्गको सुन्दरदुलारी नगरपालिकाको गेटै अगाडि रहेका वर्षै पुराना रुख काटिएको सम्बन्धमा जिम्मेवार निकाय वेखवर बने पछि आफ्नो क्षेत्राधिकारका रुख काटिएको बारे सडक डिभिजन कार्यलय विराटनगरले छानविन शुरु गरेको छ । कार्यलयले सव इन्जिनियर मिथिलेश यादवलाई घटनाको बारे सत्यतथ्य छानविन गरि प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको सडक डिभिजन कार्यलय विराटनगरका प्रमुख रामचन्द्र राउतले बताउनु भयो । उहाँका अनुसार प्रतिवेदन तयार भए पछि कारवाहिका लागि जिल्ला प्रशासन कार्यलय मोरङ्गमा पेश गरिनेछ । सडकको क्षेत्राधिकारमा रहेका रुखहरु सडक बिभाग अन्तर्गतका कार्यलयको अनुमती बिना काट्न नपाईने व्यवस्था भए पनि केहि स्थानियले मनोमानि ढंगले रुख काटि काठ गायव पारेका छन । माघको दोस्रो साता मोरंगको दुलारी चौक र बलिया चोकका करिव ८० वर्ष पुराना वरपिपल, कदम र सिसौ गरि एक दर्जन रुख मेसिनको सहायताले काटिएको थियो । विदाको दिन भए पनि सुन्दरदुलारी नगरपालिको ट्रिपरले उक्त काठहरु लगेको स्थानिय बताउँछन् । कार्यकारी अधिकृत सुवर्ण घिमिरेले भने यस बारे अनविज्ञता प्रकट गर्दै आएका छन् । तर स्थानियका अनुसार वस स्टप बनाउने तथा बजार विस्तारका लागि भन्दै घिमिरे स्वयम र नगरपालिकाका इन्जिनियरले कटान गर्नु पर्ने रुखलाई चिनो लागउँदै हिडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्