झापामा भएको सवारी दुर्घट्नामा दुईको मृत्यु

<span class='c1'>झापामा भएको सवारी</span> <span class='c2'>दुर्घट्नामा दुईको मृत्यु</span>

झापा, फागुन ६ गते

झापा जिल्लामा बुधबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा दुईको मृत्यु एघार जना घाईते भएका छन्।

गरामनी ३ भद्रपुर सडक खण्डमा मे. ७ प ४१३८ नम्बरको मोटरसाईकलले सोहि स्थान बस्ने ९ बर्षिय अमित तामाङलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए।

तामाङलाई उपचारको लागी भद्रपुर तर्फ लाने क्रममा बाटैमा मृत्यु भएको हो। मोटरसाईकलका चालक भद्रपुर नगरपालिका १० बस्ने १७ बर्षिय तायुनेश चुडाल जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेका छन्।

त्यसैगरी कन्काई नगरपालिका १ स्थित पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा १२ च ६९७ नम्बरको स्कारपियो गाडीले साईकल यात्री झापा शरणामती ८ बस्ने ५६ वर्षिय ज्ञानकृष्ण गुरुङलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाईते भएका गुरुङलाई बिएनसी अस्पताल बिर्तामोड ल्याएकोमा उनको सोहि अस्पतालमा उपचारको क्रमामा मृत्यु भएको थियो।

गाडी र चालक ईलाका प्रहरी कार्यालय अनारमानिले आफ्नो नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

त्यसैगरी जलथलबाट बिर्तामोड तर्फ आउदै गरेको ना. ४ ख.५५३४ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घट्ना हुदा बसभित्र सबार यात्रुमध्ये एघारजना घाईते भएका छन्।

घाईते हुनेमा जलथल ७ बस्ने ३० बर्षिय बिमला ओलि, निजको छोरा ११ बर्षिय आर्यन ओलि, जलथल ४ बस्ने ३७ बर्षिय निर्मला मैनालि, जलथल ६ बस्ने ३६ बर्षिय अंजना प्रसाई, सोहि स्थान बस्ने ३० बर्षिय सृजना सिवाकोटि, सोहि स्थान बस्ने १९ बर्षिय आरति भण्डारी, सोहि स्थान बस्ने ३८ बर्षिय गिता सिलवाल, सोहि स्थान बस्ने १० बर्षिय दिपक बासकोटा, सोहि स्थान बस्ने ४५ बर्षिय भिमा प्रसाइ, सोहि स्थान बस्ने २५ बर्षिय बिमला भण्डारी र सोहि स्थान बस्ने ४५ बर्षिय गंगामान प्रधान घाईते भएका हुन।

घाईतेहरु सबैको अबस्था सामान्य रहेकोले उपचारको लागी बिर्तासिटि अस्पताल पठाईएको छ भने चालक फरार रहेकोले खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्