राजघाट उज्यालो समाज गठन

<span class='c1'>राजघाट उज्यालो</span> <span class='c2'>समाज गठन</span>

विजय धिमाल
राजघाट ९ फागुन मोरङको राजघाट दुर्गापुरी स्थित बिसुद्ध सामाजिक कार्य गर्ने उदेश्यका साथ हेमगुरुङको अध्यक्षतामा राजघाट उज्यलो समाज नामक ९ तदर्थ कार्यसमिति गठन भएको छ । फगुन ९ गते स्थानिय व्यक्तिहरुको बृहत भेलाबाट छलफल गरि कार्य समिति चैन भएको हो । राजघाटमा भएका हरेक सामाजिक कार्यहरु यस समाज बाट गरिने उद्देश्यका साथ स्थापना गरिएको हो । चाँडो भन्दा चाँडो नेपाल सरकारको नियम र कानुन बमोजिम समाजलाई दर्ता गरिने समितिका सचिव शिव निरौलाले जानकारी दिए । उपस्थित विभिन्न व्यक्तिहरुले आफ्नो भनाईमा यस समाजलाई आफुले सक्ने साथ र सहयोग रहने विस्वास दिलाउदै राजघाट बासी जो बैदेशिक रोजगारका लागि विदेशमा छन ति व्यक्तिहरुले पनि सहयोग गर्नुपने भनाई राखेका थिए । त्यस्तै समाजमा हुने बिकृति बिसंगति साथै फस्टाउदो लागुऔषध प्रयोगकर्ता जस्ता कार्यहरु यसै समाज बाट नियन्त्रण गर्नुपर्ने जोड दिदै जो देशविदेमा रहने सबैमा साथ र सहयोगको अपेक्षा सहित आग्रह गर्दछर्न यूवासंघ नेपाल राजघाट उपाध्यक्ष मिनु लामा । तदर्थ समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषअध्यक्ष र सदस्यहरु क्रमश हेम गुरुङ, सान्तिका मादेम्बा, शिव निरौला, नारायण बस्नेत, अर्जुन नाल्बो, रेवता भट्टराई, शुक्र घिसिङ, अनिल खनाल र अम्बिका (बबिता) राई रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्