बिराटनगर फाल्गुन १०
"पुन निर्माणका लागि पुर्वको प्रतिवद्धता" भन्ने मुल नाराका साथ यही फाल्गुन १३ र १४ गते प्राविधिक विद्यार्थी संगठन नेपाल र पुर्वाञ्चल क्याम्पसको आयोजनामा इन्जीनियरिंग एस्पो २०१६ हुने भएको छ । उक्त एस्पोमा मोरंग , झापा र सुनसरीका करिब सय कलेजका कक्षा ११ र १२ मा पढिरहेका बिद्यार्थीले अवलोकन गर्ने आयोजकले बताएका छन् । एस्पोमा बिभिन्न बिद्यार्थीले बनाएका इन्जीनियरिंङ मोडलहरु , रोबट डिजाइन, बिभिन्न कलेजले तयार पारेका टेक्निकल प्रोजेक्टहरु , गेम जोन , करियर परामर्श , साँस्कृतिक कार्यक्रम , निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम गरिने कार्यक्रम संयोजक अनुभब पोखरेलले आवर बिराटनगर डट नेटलाई बताए । धरान- ८ स्थित पुर्वान्चल क्याम्पसको मैदानमा उक्त कार्यक्रम आयोजना गरिने छ । उक्त एस्पोलाई बिराटनगर स्थित डाइनामिक एडुकेसनले मुख्य प्रायोजन गरेको छ ।