सिरहामा भएको आगलागीमा प्रहरीको राहत

सिरहामा भएको आगलागीमा प्रहरीको राहत

सिरहा, फाल्गुन १०

सिरहा जिल्लाको धनगढि नगरपालिका१३ स्थित भोर्लेनि गाउमा भएको भिषण आगलागीको पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेज्यूले स्थलगत अवलोकन गर्नु भएको छ।

अवलोकनका क्रममा उँहाले आगलागीका पिडित परीवारलाई राहत बितरण समेत गर्नु भएको छ।

रोटरी क्लव बिराटनगर मार्फत उपलब्ध गराईएको राहत सामाग्री३१ घर परीवारका सदस्यहरुलाई बितरण गरीएको हो।

पिडितहरुलाई तत्काल राहत हुनेगरी १\१ थान त्रिपाल, १\१ थान कम्बल, दुई दुई काटुन चाउचाउ,दुई दुई दर्जन बिष्कुट लगायतका सामाग्रीहरु बितरण गरीएको हो।

राहत बितरण कार्यक्रममा प्रहरी नायव महानिरिक्षक घिमिरेले मौसमको परीवर्तन संगसंगै आगलागीका घट्नाहरु बढेकोले यस तर्फ सतर्कता अपनाई सबै सजक रहनुपर्ने समेत उल्लेख गर्नु भएको छ ।

साथै मिति २०७२ साल फाल्गुन १० गते पुर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरेले कार्यालयमा हाजिर भए पश्चात मातहत कार्यालयहरुको वस्तु स्थिति बुझ्ने कार्य तथा निरिक्षण कार्यलाई तिब्रता दिदै आउनु भएको छ।

यसै क्रममा आज उँहाले अञ्चल प्रहरी कार्यालय सगरमाथा,जिल्ला प्रहरी कार्यालय सप्तरी,सिरहा एवम् मातहतका ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय मिर्चैयामा पुगी बर्तमान शान्ति सुरक्षाको स्थितिमा प्रहरीले निर्वाह गर्नुपर्ने भुमिका संगठन सुदृढिकरण र पारदर्शि एवम् जनमैत्री कार्यक्रमहरु सकृयताका साथ लागु गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भयो ।

निर्देसनकै क्रममा संगठनले अपराध अनुसन्धान लाई प्रभावकारी बनाउन CAP कार्यान्वयनको लागी प्रदान गरेको प्राथमिकताहरु समेत अक्षरस लागु गर्न निर्देशन दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्